Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

धादिङमा बस दुर्घटनामा तीनजनाको मृत्यु, २९ घाइते

Monday, May 29, 2017 National Power

१५ जेठ,धादिङ – धादिङको निलकण्ठ नगरपालिका–११ भकारे खोलामा हिजो भएको बस दुर्घटनामा तीनजनाको ज्यान गएको छ ।
दुर्घटनामा ज्यान जानेहरुमा त्रिपुरासुन्दरी–७ कि ६० वर्षिया पूर्णदेवी पाण्डे र ६५ वर्षिया फूलमाया तामाङ तथा आगिन्चोककी ४० वर्षिया लक्ष्मी सिंखडाको ज्यान गएको धादिङ प्रहरीले जनाएको छ । घाइतेमध्ये २४ जनाको काठमाडौंमा र ५ जनाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ ।

त्रिपुरेश्वर बोर्डिङ स्कुलको ग १ ख ३८०५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको हो । धादिङबेसीबाट खहरेतिर जाने नियमित रुटको गाडी बिग्रेपछि बोर्डिङ स्कुलको बसलाई बोलाएर यात्रु चढाइएको थियो ।