१४ जेठ, धादिङ – धादिङको निलकण्ठ नगरपालिका–११ भकारे खोलामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । त्रिपुरेश्वर बोर्डिङ स्कुलको ग १ ख ३८०५ नम्बरको बस सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको प्रत्यक्षदर्शी कुवेर धरेलले जानकारी दिए ।
धादिङबेसीबाट खहरेतिर जाने नियमित रुटको गाडी बिग्रेपछि बोर्डिङ स्कुलको बसलाई बोलाएर यात्रु चढाइएको थियो । दुर्घटनामा अरु केहि घाइते भएका छन् । अहिले प्रहरी घटनास्थलमा पुगेको छ र घाइतेको उद्धार कार्य भइरहेको जनाएको छ ।