Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

नेपालगन्जमा श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रा.लि.मा भीषण आगलागी

Sunday, May 28, 2017 National Power

१४ जेठ, सुर्खेत – नेपालगन्जको सुर्खेत रोडमा भीषण आगलागी भएको छ । धम्बोजी र पुष्पलाल चोकको बीचमा पर्ने श्रेया इन्टेरियर इण्डष्ट्रिज प्रा.लि.मा आज बिहान आगलागी भएको हो ।

बिहान ९ बजेदेखि लागेको आगो नियन्त्रणको प्रयास १ घन्टादेखि भइरहे पनि सफल हुन सकेको छैन । आगोले अहिलेसम्म एउटा घर लजेर नष्ट भएको छ भने अर्को घरमा फैलने खतरा बढेको छ । नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र सर्वसाधारणको सक्रियतामा अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।