Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

साना ठूला दलबाट गरी चारजना महिलाले वडा अध्यक्ष पदमा उम्मेदवारी पाए

Sunday, May 28, 2017 National Power

१४ जेठ, इलाम – इलाममा साना ठूला दलबाट गरी चारजना महिलाले वडा अध्यक्ष पदका उम्मेदवारी पाएका छन् । अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले देऊमाई नगरपालिका वडा नं.९ मा चन्द्रावती थापा, चुलाचुली गाउँपालिका ४ मा शुभमाया राईलाई उम्मेदवार बनाएको छ ।

यस्तै माइनगरपालिका ७ मा राजकुमारी तामाङ्गलाई र नेकपा एमालेले इलाम नगरपालिका १ मा अम्बिका गौतमलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख र सदस्य पदमा सिमित बनाइएको छ । एमालेले महिला सहभागिता ४०.६५ प्रतिशत गराएको भए पनि प्रमुख पदमा भने एकजनालाई मात्र उम्मेदवारी दिएको छ ।
१० स्थानिय तह रहेको इलाममा नेकपा एमालेले १० वटै तहमा उम्मेदवार छनौट सकेको छ । नेकपा माओवादी केन्द्रले चारवटा वडामा मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको जनाइएको छ । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेदवार छनौट प्रकृया अन्तिम चरणमा पु¥याएका छन् । सबै दलले जेठ १८ गतेसम्ममा टुङ्गो लगाउने बताएका छन् ।
१७ दल दर्ता रहेको इलाममा वडाध्यक्षमा पार्टीबाट चारजना मात्र उम्मेदवारी हुनु सन्तोषजनक नरहेको नेपाली कांग्रेसका सांसद सुजता परियारले बताए । चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा एक सय ७२ जना महिला जनप्रतिनिधि छनौट हुनेछन् ।