१४ जेठ, इलाम – इलाममा साना ठूला दलबाट गरी चारजना महिलाले वडा अध्यक्ष पदका उम्मेदवारी पाएका छन् । अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले देऊमाई नगरपालिका वडा नं.९ मा चन्द्रावती थापा, चुलाचुली गाउँपालिका ४ मा शुभमाया राईलाई उम्मेदवार बनाएको छ ।
यस्तै माइनगरपालिका ७ मा राजकुमारी तामाङ्गलाई र नेकपा एमालेले इलाम नगरपालिका १ मा अम्बिका गौतमलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख र सदस्य पदमा सिमित बनाइएको छ । एमालेले महिला सहभागिता ४०.६५ प्रतिशत गराएको भए पनि प्रमुख पदमा भने एकजनालाई मात्र उम्मेदवारी दिएको छ ।
१० स्थानिय तह रहेको इलाममा नेकपा एमालेले १० वटै तहमा उम्मेदवार छनौट सकेको छ । नेकपा माओवादी केन्द्रले चारवटा वडामा मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको जनाइएको छ । नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उम्मेदवार छनौट प्रकृया अन्तिम चरणमा पु¥याएका छन् । सबै दलले जेठ १८ गतेसम्ममा टुङ्गो लगाउने बताएका छन् ।
१७ दल दर्ता रहेको इलाममा वडाध्यक्षमा पार्टीबाट चारजना मात्र उम्मेदवारी हुनु सन्तोषजनक नरहेको नेपाली कांग्रेसका सांसद सुजता परियारले बताए । चार नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तह रहेको इलाममा एक सय ७२ जना महिला जनप्रतिनिधि छनौट हुनेछन् ।