१४ जेठ, गुल्मी – दोश्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावको मिति नजिकिँदै गर्दा गुल्मी जिल्लामा दर्जन भन्दा बढी शिक्षकहरुले राजीनामा दिएर चुनामी मैदानमा उत्रेका छन् । स्थानीय तहमा आफूले जित्न सक्ने बलियो आधार देखेपछि उनीहरु यसरी राजीनामा गरेर पार्टिको तर्फवाट उमेदवारी दिन लागेका हुन् ।
यसरी राजीनामा गरेर उमेदवारी दिने शिक्षक मध्ये धेरै शिक्षक नगरपालिका र गाउँपालिकाको वडा अध्यक्षमा उमेदवारी दिने तयारीमा छन् । जनप्रिय प्राथमिक विद्यालय बलेटक्सारकी लक्ष्मी पन्थ रुरु गाउँपालिकाको उपप्रमुखमा उमेदवारी दिने तयारीमा जुट्ने भएका छन भने अन्य सबै शिक्षकहरु वडा अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन । राजीनामा गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका शिक्षकहरुमा भाडगाउँ माध्यमिक विद्यालय अर्खलेका शिक्षक थम्मनबहादुर केसी, सीतापुर मावि अर्लाङ्गकोटका गिरीराज खरेल र नरेशराज खरेल, भगवती प्रावि बडागाउँका झविलाल भण्डारी, राष्ट्रिय मावि थोर्गाका शेष नारायण पौडेल, कोरेङ् निमावि खड्गकोटका कविराज ढकाल, उदय मावि शान्तिपुरका गोकर्ण प्रसाद शर्मा र रियाले मावि सिर्सेनीका नारायण घर्ति रहका छन ।
स्थानीय तहको चुनावमा उम्मेदवारी दिनका लागि सामुदायिक विद्यालयहरुका अतिरिक्त अन्य संस्थागत विद्यालयहरुका कतिपय प्रधानाध्यापक र शिक्षकले समेत राजीनामा गरेर चुनामी मैदानमा उत्रेका छन् । जिल्लामा चुनावी रौनक बढ्दै जान थालेपछि यतिवेला दलहरु उमेदवार छनौटमा व्यस्त बनेका छन् । उनीहरुले नगरपालिका तथा गाउँपालीकाका वडाहरुमा धमाधम उम्मेद्वारहरुको नाम घोषणा गर्न थालेका छन् । राजीनामा गरेर चुनामी मैदानमा उत्रेका अधिकांस शिक्षकहरुले स्थानीय स्तरमा आफ्नो पकड बलियो रहेका कारण जित सुनिश्चित हुने दाबी समेत गरेका छन् ।