Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

विभिन्न ठाउँमा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या एक सय पुग्यो

Sunday, May 28, 2017 National Power

१४ जेठ, – श्रीलङकाको विभिन्न ठाउँमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको सङ्ख्या १०० पुगेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

प्रकोप व्यवस्थापन मन्त्रालयले अहिलेसम्म पनि ९९ जना हराइरहेको र खोजी तथा उद्धारकार्य जारी रहेको जनाएको छ । गत बिहीबार आएको अविरल बर्षा पछिको बाढी पहिरोले अहिलेसम्म देशभरका विभिन्न ठाउँमा दुई लाखभन्दा बढी मानिसलाई असर पारेको छ ।

जलवायु विभागले दक्षिण पश्चिमी टापु क्षेत्रमा शनिबार पनि वर्षा र हावाहुरीसहितको खराब मौसम जारी रहने जनाएको छ ।
श्रीलङ्काको विदेश मन्त्रालयले पनि घटनास्थलमा आपत्कालिन उद्धार इकाइको तर्फबाट उद्धार तथा राहत व्यवस्थापनका लागि काम गरिरहेको छ ।

मन्त्रालयले पीडितलाई उद्धार तथा राहतका लागि सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय निकाय र छिमेकी मुलुकलाई पनि आग्रह गरेको छ भने  विषेश गरेर घटनास्थलमा खोजी तथा उद्धारका लागि सहयोग गर्न आह्वान गरिएको विदेश मन्त्रालयले जनाएको छ ।
– सिन्ह्वा