Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

गोमा एयरको विमान दुर्घटना

Saturday, May 27, 2017 National Power


१३ जेठ, काठमाडौं  – सोलुखुम्बुको लुक्ला विमानस्थलमा गोमा एयरको विमान दुर्घटना भएको छ। विमान लुक्ला विमानस्थलको रनवेबाट केही बाहिर गई दुर्घटना भएको प्रहरीले जानकारी दिए। गोमा एअरको L410 सेरिजको 9NAK कल साइन भएको विमान ल्यान्डिङका क्रममा दुर्घटनामा परेको हो। अधिकारीका अनुसार एअर होस्टेसलाई उद्दार गरी उपचारका लागि अस्पताल लगिएको छ भने क्याप्टेनसहित दुईजनाको उद्दार भैरहेको छ। विमानमा अन्य यात्रु नभएको अधिकारीले बताए। गोमा एअरको कार्गो विमान मौसम खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ।