Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

आज ठूला तीन दलका शिर्ष नेताको बैठक सुरु

Saturday, May 27, 2017 National Power

१३ जेठ, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शनिबार ठूला तीन दलका शिर्ष नेताको बैठक सुरु भएको छ ।

सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली नेताहरु नारायण काजी श्रेष्ठ, रामचन्द्र पौडेल, कृष्ण सिटौला, माधव नेपाल, सुवास नेम्वाङलगायतको सहभागीता रहेको छ । एमाले अध्यक्ष ओली केही ढिला गरी आएपछि बैठक ढिला सुरु भएको हो ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लाग्दा दलहरुले छलफल पनि बढाउँदै लगेका छन् ।

एमालेले राष्ट्रिय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेको अर्को दिन आज तीन दलका शिर्ष नेताको बैठक बसेको हो । बैठकमा संसदमा विपक्षी दलले गरिरहेको अवरोध खोल्ने विषयमा पनि छलफल हुनेछ ।