Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

ट्याक्टरले किचेर एकको मृत्यु, चट्याङ् लागेर एक महिलाको मृत्यु

Saturday, May 27, 2017 National Power

१३ जेठ, लहान – सिरहाको दक्षिणवर्ती सखुवा नन्कारकट्टी गाउँपालिका ४ स्थित भित्री सडकखण्डमा शुक्रबार साँझ ट्याक्टरले किचेर एक मजदुरको मृत्यु भएको छ। लहान ठाडी सडक खण्डको खैरबोना चोकबाट बालुवा बोकेर सिम्राहातर्फ जाँदै गरेको स. १ त २६४६ नम्बरको ट्याक्टरबाट खसेका स्थानीय १६ वर्षीय दीपेन्द्र मण्डललाई किचेपछि घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशबारीका प्रहरीले जानकारी दिए। मण्डलको ट्याक्टरबाट खसेर घटनास्थलमै मृत्यु भएपछि फरार भएका ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सप्तरीको सुरुङ्गा नगारपलिका ४ वीरनगरमा शुक्रबार चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया रविना चौधरी रहेको इलाका प्रहरी कार्यालय कडोरवानाले जनाएको छ। आँपको बगैंचामा आँप कुर्न टहरोमा बसिरहेकी चौधरीलाई शुक्रबार अपराह्न वर्षासँगै परेको चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरीले जानकारी दिए।