Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

ट्याक्टरले किचेर एकको मृत्यु, चट्याङ् लागेर एक महिलाको मृत्यु

Saturday, May 27, 2017 National Power

१३ जेठ, लहान – सिरहाको दक्षिणवर्ती सखुवा नन्कारकट्टी गाउँपालिका ४ स्थित भित्री सडकखण्डमा शुक्रबार साँझ ट्याक्टरले किचेर एक मजदुरको मृत्यु भएको छ। लहान ठाडी सडक खण्डको खैरबोना चोकबाट बालुवा बोकेर सिम्राहातर्फ जाँदै गरेको स. १ त २६४६ नम्बरको ट्याक्टरबाट खसेका स्थानीय १६ वर्षीय दीपेन्द्र मण्डललाई किचेपछि घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशबारीका प्रहरीले जानकारी दिए। मण्डलको ट्याक्टरबाट खसेर घटनास्थलमै मृत्यु भएपछि फरार भएका ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सप्तरीको सुरुङ्गा नगारपलिका ४ वीरनगरमा शुक्रबार चट्याङ् लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय २५ वर्षीया रविना चौधरी रहेको इलाका प्रहरी कार्यालय कडोरवानाले जनाएको छ। आँपको बगैंचामा आँप कुर्न टहरोमा बसिरहेकी चौधरीलाई शुक्रबार अपराह्न वर्षासँगै परेको चट्याङ् लागेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरीले जानकारी दिए।