Monday 11th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

नेपाल-भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय

Saturday, May 27, 2017 National Power

१३ जेठ, बाँके – यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय भएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जमुनाह नाका ४८ घन्टा सिल गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए ।

प्रजिअ पन्थका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि दुई देशका सुरक्षा निकाय मिलेर सक्रिय भूमिका निर्वाह गर्ने, लागुऔषधको ओसारपसार नियन्त्रण गर्ने, संयुक्त सुरक्षा गस्ती गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।