Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपाल-भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय

Saturday, May 27, 2017 National Power

१३ जेठ, बाँके – यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै शुक्रबार दुई देशका सुरक्षा प्रमुखबीच छलफल भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको आयोजनामा बसेको बैठकमा निर्वाचनलाई लक्षित गरी नेपाल-भारत सीमा नाका ४८ घन्टा सिल गरिने निर्णय भएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीको नेपालगन्जमा बसेको बैठकले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्ने गरी जमुनाह नाका ४८ घन्टा सिल गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए ।

प्रजिअ पन्थका अनुसार सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि दुई देशका सुरक्षा निकाय मिलेर सक्रिय भूमिका निर्वाह गर्ने, लागुऔषधको ओसारपसार नियन्त्रण गर्ने, संयुक्त सुरक्षा गस्ती गर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ ।