१२ जेठ, सप्तरी – सप्तरीको पूर्वी सीमा हनुमाननगर कंकालनी नगरपालिका–४ मधवापुरमा गएराति वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। चट्याङ लागेर स्थानीय ४० वर्षीय सुरेन मुखियाको मृत्यु भएको हो। बेलुकी घर नजिकै रहेको बारीमा रहेको झुपडीमा मकै रुङ्न बसेका मुखियालाई चट्याङ लागेको हो। प्रहरीले घटनास्थल प्रकृति मुचुल्का उठाएर शव परिवारको जिम्मा लगाएको जनाएको छ।