Wednesday 9th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

सामाजिक सञ्जालबाट पत्रकारलाई ज्यान लिने धम्की दिएपछि

Friday, May 26, 2017 National Power

१२ जेठ, काठमाडौँ – प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ ।

समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह बनाइदिने भनी कार्कीले धम्की दिएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी हुन ।

माछापुच्छ«े गाउँपालिका घाचोक स्थायी घर भई हाल क्यानाडामा बसोबास गर्ने कार्कीले पोखराका महिला पत्रकारलाई निकृष्ट भाषा प्रयोग गर्दै मार्ने धम्की दिएको चौतारीले जनाएको छ ।

कार्कीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई निर्भयतापूर्वक समाचार सङ्कलन र सम्प्रेषणका लागि उचित वातावरण बनाउन चौतारीका महासचिव राजेश राईले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।