Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

मधेस केन्द्रित प्रमुख तीन दलले स्थानीय तहको चुनावमा साझेदारी गर्नेबारे बहस सुरु

Friday, May 26, 2017 National Power

१२ जेठ, काठमाडौं – मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको चुनावमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् ।

आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी राजपा, नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच बिहीबार छलफल भएको हो ।

भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा बेलुकासम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष भने निकालेन । स्थानीय तहको निर्वाचनमा साझेदारी गर्न तयार रहेपनि राजपाको निर्वाचन चिह्न नभएकाले आवश्यक पहल गर्नेबारे कुराकानी भएको थियो । निर्वाचन र सङ्घर्षका कार्यक्रमलाई सँगै अघि बढाउनेबारे पनि नेताहरुबीच बहस चलेको थियो ।