११ जेठ, धादिङ – छिमेकी घरमा श्राद्धको प्रसाद खाएका धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत कुम्पुर आदमटारमा ४० जना बिरामी परेका छन् ।
बुधबार प्रसाद खाएपछि उनीहरुलाई वाक्क आउने र पखाला लाग्ने भएर बिरामी परेकन थिए । बिरामीहरु सबैलाई अस्पताल भर्ना गरिएको प्रहरीले जनाकारी दिएको छ । बिरामी भएका मध्ये २० जनालाई शुक्रराज ट्रपिकल अस्पताल काठमाडौं भर्ना गरिएको छ भने उनीहरु मध्ये २० जनाको गजुरी प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
गजुरीमा उपचार भइरहेका बिरामीको अवस्था सामान्य छ भने काठमाडौं लगिएका बिरामीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । झाडापखाला लागेपछि स्थानीय बासिन्दाले नै अस्पताल पुर्याएका हुन् ।