Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

दाङमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी

Thursday, May 25, 2017 National Power

११ जेठ, दाङ – दाङ जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या चार हजार दुई सय ६३ ले बढी रहेको छ । २ लाख ९१ हजार १ सय ७३ मतदाता रहेकोमा १ लाख ४७ हजार ७ सय १७ महिला मतदाता छन् भने १ लाख ४३ हजार ४ सय ५४ पुरुष मतदाता रहेका छन् । त्यस्तै जिल्लामा दुई जना तेस्रोलिङ्गी मतादाता रहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो संविधानसभाको चुनावमा भन्दा स्थानीय  तहको चुनावमा दाङमा ५२ हजार ४ सय ३६ मतदाता बढेका छन् ।

१० वटा स्थानीय तह रहेको दाङ जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ७८ हजार ४ सय २७ मतदाता रहेका छन् भने सबैभन्दा कम राजपुर गाउँपाालिकामा १० हजार ४ सय २३ मतदाता रहेका छन् । दश वटा स्थानीय तह मध्ये दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका रहेको छ ।