Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

दाङमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी

Thursday, May 25, 2017 National Power

११ जेठ, दाङ – दाङ जिल्लामा पुरुषको तुलनामा महिला मतदाताको संख्या चार हजार दुई सय ६३ ले बढी रहेको छ । २ लाख ९१ हजार १ सय ७३ मतदाता रहेकोमा १ लाख ४७ हजार ७ सय १७ महिला मतदाता छन् भने १ लाख ४३ हजार ४ सय ५४ पुरुष मतदाता रहेका छन् । त्यस्तै जिल्लामा दुई जना तेस्रोलिङ्गी मतादाता रहेको जिल्ला निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो संविधानसभाको चुनावमा भन्दा स्थानीय  तहको चुनावमा दाङमा ५२ हजार ४ सय ३६ मतदाता बढेका छन् ।

१० वटा स्थानीय तह रहेको दाङ जिल्लामा सबैभन्दा बढी घोराही उपमहानगरपालिकामा ७८ हजार ४ सय २७ मतदाता रहेका छन् भने सबैभन्दा कम राजपुर गाउँपाालिकामा १० हजार ४ सय २३ मतदाता रहेका छन् । दश वटा स्थानीय तह मध्ये दुईवटा उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका रहेको छ ।