Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने –देशले जित्यो, जनताले जिते

Thursday, May 25, 2017 National Power

११ जेठ, काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहिबार पदबाट राजीनामा दिएका छन । विहिबार  दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले  राजीनामा घोषणा गरेका हुन । २०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी प्रचण्ड दोस्रोपटक मुलुकको ३९ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका थिए ।

सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको चुनाब गराएर आफुले मननयोग्य काम गरेको भन्दै पहिलो चरणको चुनाबबाट देशले जितेको, जनताले जितेको बताए । संविधान जारी भएको  र  यो चुनाबले सिमान्तकृत समुदाय न्यायदाताको नयाँ भुमिकामा पुगेको बताए । आफ्नो पालामा राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक काम भएको प्रधानमन्त्री प्रचण्डको दाबी थियो ।

आफ्नै पालामा २४ वर्ष यताकै उच्च आर्थिक वृद्धिदर भएको,  मूल्यवृद्धि १२ वर्ष यता कै कम  भएको र उज्यालो नेपाल अभियान प्रभावकारी भएकोमा उनले खुसी व्यक्त गरे । भूकम्प पछिको पुनः निर्माणका लागि आफुले गरेको पहललाई स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलो किस्ताको रकम सबै सेवाग्राहीको खातामा पुगिसकेको र बिस्तारै दोश्रो तेश्रो किस्ता लिने सेवाग्राही पनि बढेको बताए ।

आफ्नै पालामा कृषी क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्न, प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना लागू गरेको किसान आयोग गठन गरेको, कृषी विमा र किसान पेन्सन काम पनि अघि बढ्दै गरेको प्रधानमन्त्रीले स्मरण गरे । आफ्नै कार्यकालमा बहुप्रतिक्षित  फास्ट ट्रयाक बन्ने ग्यारेन्टी भएको तथा हुलाकी मार्ग पनि तिब्र गतिमा अगाडी बढिरहेको भन्दै उनले सन्तोष व्यक्त गरे ।

मेलम्चीको पानी दशैं अघि नै काठमाण्डौमा ल्याउने गरि काम बढिरहेको देशका १७ शहरमा मेघा सिटीको काम शुरु भएको पनि बताए । प्रधानमन्त्री प्रचण्डले सात वटै प्रदेशमा एक एक वटा कृषी क्याम्पस बनाउने काम भईरहेको जानकारी दिए भने सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तिमा २ चिकित्सक पुर्याउने लक्ष्य पनि पुरा हुदै गरेको बताए ।

आफ्नै पालामा गम्भिरखाले रोगको उपचार  निशुल्क भएको स्मरण गर्दै उनले  नेपाली सेना र प्रहरीको अस्पताल सर्वसाधरणका लागि पनि खुल्ला गरिएको पनि जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड २०६५ साल साउनमा पहिलो पटक प्रधानमन्त्री भएका थिए ।