१० जेठ, तेह्रथुम – स्थानीय तह अन्र्तगत दोश्रो चरणको निर्वाचन यही जेठ ३१ गते हुँदैछ । जस्मा प्रदेश नं १, २, ५ र ७ रहेका छन् । दोश्रो चरणको निर्वाचनको लागि अहिले जिल्ला जिल्लामा उम्मेद्वारको छनौटमा रस्साकस्सी सुरु भएको छ । यस्तोमा प्रदेश नं १ अन्तर्गत तेह्रथुम जिल्लामा पनि गाउँपालिका र नगरपालिकाको उम्मेद्वारको लागि रस्साकस्सी चलिरहेको छ ।
यहि सन्दर्भमा यहि जेठ ९ गते पाेक्लाबुङमा नेपाली काँग्रेसको गाउँपालिका तथा नगरपालिका अन्तर्गतको उम्मेद्वार छानौटका लागि वैठक बोलाइएको थियो ।
उक्त बैठकमा फेदाक गाउँपालिकाको उम्मेद्वार कस्लाइ बनाउने भन्ने विषयमा छलफल हुँदा विवाद उत्पन्न भयो र असन्तुष्ट पक्षले माइन्युट समेत च्यातिदिएको छ ।
के भएको थियो वैठकमा
तेह्रथुम जिल्लाका नेपाली काँग्रेसका गाउँ सभापती पशुपती भट्टराइले उम्मेद्वार छनौटका लागि वैठक बोलाएका थिए । फेदाक गाउँपालिकाको उम्मेद्वारका लागि पुराना एवं त्यागि काँग्रेसी नेता महेन्द्र कुमार फाेम्बाे सहित, चन्द्र मादेम्बा र केशव भेटवालले आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।
महेन्द्र फाेम्बाेलाइ जिल्लामा त्यगी, समाजसेवी एवं पुराना नेताको रुपमा चिनिन्छ भने भेटवालको अधिकांश समय काठमाडौँमा वित्छ । अर्का नेता मादेम्बा केही समय अघि मात्र एमाले परित्याग गरी काँग्रेसमा प्र्रवेश गरेका हुन् । यस्तो अधिकांश जिल्ला नेता, कार्यकर्ता तथा फादेकका जनताले महेन्द्र फाेम्बाेले सजिलै टिकट पाउनेमा ढुक्क थिए ।
तर वैठकनै नवसी एकाएक जिल्ला सभापति ढुङ्गानाकाे निर्देशनमा गाउँपालिका सभापति पशुपती भट्टराइ माइन्युटमा एकल निर्णय गराएर आफ्नो निर्णय सुनाउन आए । केन्द्रमा कृष्ण सिटौला लगाएतका नेतासंग पहुँच भएका भेटवालले एकाएक गाउँपालिकाको उम्मेद््वारको टुङ्गो केन्द्रले लगाउँछ भन्दै आएपछि वैठकको प्रतिक्षामा रहेका फाेम्बाे र मादेम्बा लगाएतका नेता कार्यकर्ता एकाएक अचिम्मित मात्र भएनन् आक्रोसित समेत भए ।
केन्द्रको नीति विपरित निर्णय गरेको भन्दै उनीहरुले माइन्युट समेत च्यातिदिए । जिल्लामा कुनै छलफलनै नगरी, उम्मेद्वारको विषयमा कुनै सल्लाहनै नगरी एकाएक केन्द्रले टुङ्गो लगाउने भन्दै आएपछि केही गढबढ भएको उनीहरुको आशंका छ ।
हो व्यापक छलफल भएर केही निर्णय लिन नसकेमात्र उक्त कुरा केन्द्रमा पुग्छ तर विषयमा प्रवेशनै नगरी एकाएक यस्तो निर्णय आउँदा भेटवालले चलखेल गरेको हुन सक्ने र जिल्ला सभापति लगाएत गाउँ सभापति पनि यसैमा फसेको हुन सक्ने उनीहरुको आशंका छ ।
समाजसेवी महेन्द्र फाेम्बाेको सपना, समृद्ध र विकसित फादेक उनको चाहना
हजुरबुवाको पालादेखिनै मुक्तिसेनामा रहेर नेपाली काँग्रेसको राजनीति गरेको इतिहास फाेम्बाे परिवारसंग छ । हजुरवुवा र वुवाले नेपाली काँग्रेस मार्फत नेपालको प्रजातान्त्रिक आन्दोलनमा होमिएका फाेम्बाेभारतीय सेनामा जागिर खानु भन्दा अघि देखीनै नेपाली काँग्रेसमा सकृय थिए । तत्कालिन नेता विपि कोइराला देखी, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराइ समेतले फाेम्बाेको घरमा सेल्टर लिएको इतिहास छ ।
तर घरको आर्थिक अवस्थाका कारण उनी २०२२ सालमा भारतीय सेनामा जागिर खाए । भारतीय सेनामा हुँदा समेत उनले नेपालको प्रजातान्त्रिक आन्दोलन र यसका सहयोद्धाहरुसंग कहिले पनि टाढिएनन् । बरु तत्कालिन नेता गिरिजा प्रसाद कोइरालाले समेत उनको खोजी गर्दै थिए । यहि अवस्थमा आफ्नो जागिर १ बर्ष बाँकी हुँदै २०४९ सालमा भएको स्थानीय निकायको चुनावमा गाविस अध्यक्ष लागि उनलाइ नेपाली काँग्रेसले आग्रह गर्यो र आफ्नो एक बर्षको जागिर छँदै उक्त समयमा तेह्रथुम गाविसको तत्कालिन इसिबु गाविसमा अध्यक्ष समेत जिते । लगत्तै उनले भुपु सैनिकसंघको जिल्ला अध्यक्ष भएर पनि ५ बर्ष काम गरे ।
२०५२ सालमा सुरु भएको माओवादी जनयुद्धको समयमा सबैजना गाउँ छोडेर भागे, तर उनले उक्त समयमा पनि काँग्रेसनै भएर गाउँको सेवा गरीरहे । माओवादीले तत्कालिन अवस्थामा उनलाइ धम्क्यायो, मार्न खोज्यो तर उनको इमान्दारीता, समाजसेवी चरित्र, निष्ठाप्रतिको अविचलनले माओवादी समेत उनीसंग नतमस्तक भयो र आज उनी उक्त गाउँको प्रिय नेता भएका छन् ।
महेन्द्र फाेम्बाे नेपाली काँग्रेसको झण्डामुनी राजनीति गर्ने भएपनि उक्त गाउँपालिकाका उनी सबैका प्रिय व्यक्ति हुन् । के काँग्रेस, के एमाले, के माओवादी सबैले उनलाइ अविभावक सरह ठान्दछन् । यसरी गाउँले माझ प्रिय हुनुमा उनको समाजसेवी भावनाले पनि काम गरेको छ ।
आफ्नो सम्पति स्कुललाइ दान
महन्द्र फाेम्बाेले तत्कालिन इसिबु गाविस एउटा मात्र विद्यालय थियो त्यो पनि मावि मात्र । त्यहाँका विद्यार्थीलाइ उच्च शिक्षा हासिल गर्न सदरमुकाम सम्म पुग्नु पर्ने भएपछि आफ्नो जग्गा स्कुलको सम्पतिको रुपमा दान गरे र माविलाइ आफ्नै पैसा खर्चेर उच्चमावि सकेत बनाए । त्यतीमात्र होइन उनी आज सम्म विना कुनै प्रत्यक्ष फाइदा स्कुलको संचालक समितिमा रहेर काम गरिरहेका छन् ।
फेदाक गाउँ र महेन्द्र फाेम्बाेले निर्माण गरेकाे स्कुल
गाउँका खानेपानीको हाहाकार हुँदा फाेम्बाेले आफ्नो खर्चमा गाउँलेलाइ पानी खुवाएका छन् । उनको यही समाजसेवी छवीलाइ देखेर पछिल्लो समय व्रिटिस वेलफेयरले पनि उनी मार्फत अन्य गाउँमा पनि खानेपानीको प्रबन्ध गर्न लागेको छ ।
सबै कुराले उपयुक्त फाेम्बाेनै
नेपाली काँग्रेस तेह्रथुमका कार्यकर्ताहरु फेदाक गाउापालिकाको लागि खुम्बुमात्रै उपयुक्त मात्र भएको बताउँछन् । अनुभवी, यसअघि गाविसको अध्यक्षको रुपमा काम गरिसकेको, समाजसेवी र गाउँमा सबैका प्रियपात्र भएकोले पनि फाेम्बाेले नै टिकट पाउनुपर्नेमा गाउँले बताउँछन् । यस्तको उक्त गाउँका माओवादी र एमालेका भोटरहरुपनि फाेम्बाे उम्मेद्वार भएर आएमा आफुले पार्टी नहेर्ने र व्यक्ति हेरेर फाेम्बाेलाई नै मत दिने बताउँछन् । यस्तोमा नेपाली काँग्रेस तेह्रथुमले कत्तिको विवेकसम्मत निर्णय गर्छन् हेर्न बाँकी छ ।
प्रस्तुती ः नवराज दुवाडी (९८५११४६७९१)