Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

भूकम्पबाट क्षतिग्रस्त विश्व सम्पदा  सूचिकृत अनन्तपुरको जीर्णोद्धार सुरु

Wednesday, May 24, 2017 National Power

१० जेठ, काठमाडौँ – पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचिकृत स्वयम्भूको अनन्तपुर मन्दिर जीर्णोद्धार सुरु गरेको छ ।

दुई वर्ष अघि वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पका कारण सो चैत्यमा क्षति भई भत्कने स्थितिमा पुगेपछि केही भाग भत्काएर जीर्णोद्धार गर्न लागिएको जनाएको हो ।

त्यस क्षेत्रको रेखदेख तथा संरक्षण गर्दै आएको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले खर्चको अभावमा सो मन्दिर जीर्णोद्धार गर्न नसकेकाले विभागले जीर्णोद्धार गर्न लागेको महानिर्देशक भेषनाराण दाहालले जानकारी दिए ।

मन्दिर असार मसान्तभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा जीर्णोद्धारका लागि पुरातत्व विभाग र महासमितिले अध्ययन गरिरहेको जनाइएको छ।