Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

हटुवालको दर्द सार्वजनिक

Wednesday, May 24, 2017 National Power

जेष्ठ, काठमाडौं । गजलकार ज्ञानदेव हटुवालको गीत गजलसंग्रह दर्द सार्वजनिक गरिएको छ । प्राध्यापक डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गजलसंग्रह दर्दलाई सार्वजनिक गरिएको हो ।

नेता, सांसद, सचिव, विभिन्न संघसंस्थाका प्रतिनिधि, साहित्य तथा गीतसंगीतका वरिष्ठ व्यक्तित्वहरुको उपस्थितिमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी दर्दलाई सार्वजनिक गरिएको हो ।


सनसाइन आवासीय विद्यालय भैरहवाका संस्थापक प्रिन्सिपल समेत रहेका ज्ञानदेव हटुवाल लमजुङमा जन्मिएर भैरहवामा सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । सबैका मनमा बस्न सफल भएका ज्ञानदेव हटुवाल राम्रा सर्जकका रुपमा परिचित छन् ।

उनको पहिलो श्रव्यदृश्य कृतिका रुपमा दर्द सार्वजनिक भएसँगै उनको साहित्यिक पाटोलाई पनि सबैका सामु ल्याइएको हो । कार्यक्रममा गायक राज सिग्देलले गजल गायन प्रस्तुत गरेका थिए भने दुईवटा गजलको म्यूजिक भिडियोसमेत देखाइएको थियो ।

कार्यक्रममा एल्बममा समावेश रहेका स्रष्टाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । उपस्थिति अतिथिहरुले शुभकामनाका शब्दहरु खर्चंदै ज्ञानदेव हटुवालको साहित्यिक, सांगीतिक एवं सामाजिक जीवनमाथि चर्चा गर्दै गजलसंग्रहले झन् उचाइ थपेको बताएका थिए ।
त्यसैगरी वरिष्ठ संगीतकार चन्दनकुमार श्रेष्ठ, चण्डी प्रसाद काफ्ले र दीपक जंगमलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । गीतसंगीतको क्षेत्रमा उल्लेख्य योगदान दिएवापत उनीहरुलाई सम्मान प्रदान गरिएको हो ।
एल्बममा कसरी बताउँ खै, नजिकिने बहनामा, तिमीलाई पाउने, दिएन साथ जिन्दगीले, सधैंभरि नबिर्सिने, देउतालाई फूलपाती, कुरी बसें तिमीलाईलगायत ९ वटा गीत समावेश गरिएको छ ।

जसमा बीबी अनुरागी, सुशीलकुमार श्रेष्ठ, राज सिग्देलको संगीत रहेको छ भने राज सिग्देल, मनोजराज, नीपा क्षत्री, सत्यराज आचार्य, अन्जु पन्त, राधिका भण्डारी, आनन्द कार्कीको स्वर रहेको छ ।