Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

कैलाली बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन आज हुँदै

Tuesday, May 23, 2017 National Power

९ जेठ, धनगढी – कैलाली बहुमुखी क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ ।

पटक–पटक मिति सारेर गत फागुन २२ गते मनोनयनपत्र दाखिला भइसकेपछि स्थगित भएको निर्वाचन आज हुन लागेको हो । आठ वर्षपछि हुन लागेको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघका तर्फबाट गुरुदेव केसी (सुमन) को प्यानल रहेको छ ।

त्यस्तै, अनेरास्ववियूका तर्फबाट चुडामणि भट्टको नेतृत्वमा तथा अखिल क्रान्तिकारीका तर्फबाट घनश्याम भट्टको नेतृत्वमा रहेको प्यानल चुनावी मैदानमा रहेको छ । आज बिहान ८ बजेदेखि चार बजेसम्म मतदान गरिने कार्यक्रम रहेको छ । कैलाली बहुमुखी क्याम्पसमा चार हजार ५० मतदाता रहेका छन् ।

गत फागुन २२ गतेको निर्वाचन अन्तिम समयमा स्थगित भएपछि निर्वाचन हुनुपर्ने माग गर्दै नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतले विद्यार्थीको पक्षमा आदेश दिएको थियो ।