Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रहरीको गाडी दुर्घटना हुँदा १ को मृत्यु, २५ प्रहरी घाइते

Tuesday, May 23, 2017 National Power

९ जेठ, वीरेन्द्रनगर – कालिकोटबाट सुर्खेत आउँदै गरेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको गाडी दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने २५ जना प्रहरी घाइते भएका छन् ।

वीरेन्द्रनगर–१४ साउनेपानीमा ना १ ग ४७६ नम्बरका वान टन (मिनी जीप) आज विहान दुर्घटना हुँदा रुकुम घर भएका प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको अस्थाई ट्राफिक प्रहरी पोष्ट छेडाका ट्राफिक प्रहरीले जानकारी दिए ।जीप अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको वीरेन्द्रनगरको देउती हस्पिटल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । दुर्घटनामा परेको गाडी कालिकोटमा स्थानीय तहको चुनाव सकेर सुर्खेत आउँदै गरेको थियो ।