Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

महिनावारी प्रक्रियालाई प्रकतिको देनका रुपमा स्वीकार्न आग्रह

Tuesday, May 23, 2017 National Power

पार्वती साउँद
९ जेठ, काठमाण्डौ – महिलाको महिनावारीको प्रक्रियाको विषयमा आफु अनि घरपरिवारमा छलफल हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन ।

महिनावारी सरसफाई दिवस एंव सामुदयिक रेडियो प्रसारक संघ( सीआइएन)को स्थापना दिवसको अवसरमा कोडफको आयोजनामा पत्रकारसंग अन्तरक्रिया कार्यक्रममा महिनावारी धर्मको नाममा अपवित्र बन्ने गरेको भन्दै महिनावारी प्रक्रियालाई प्रकतिको देनका रुपमा स्वीकार्न आग्रह गरिएको छ ।

विभिन्न सञ्चार माध्यमले महिलाको महिनावारी प्रक्रियाका विषयलाई विशेष प्राथमिकता दिएर प्रसारण गर्नुपर्नेमा पनि विशेष जोड दिएका छन् ।


अन्तरक्रिया कार्यक्रममा खानेपानी तथा सरसफाई समन्वय परिषदका निर्देशक गुणराजका अनुसार नेपालमा महिनावारी प्रक्रियालाई मानवलाई जन्म दिने प्रक्रियाका रुपमा लिनुपर्ने र यस विषयमा रहेका नराम्रो सोचाईलार्य परिवर्तन गर्ने बताए । साथै यस विषयलाई पाठ्यपुस्तकमा समेत राख्नुपर्नेमा समेत जोड दिएका छन् । सामुदायिक रेडियो प्रसारक संघ अकोरावका कार्यकारी निर्देशक डा. रामचन्द्र लामिछानेले महिनावारीको बारेमा मानिसको सोचाईमा सकारात्मक परिवर्तनको आवश्यकता रहेको र सामुदायिक रेडियो प्रसारक संघले साताव्यापी कार्यक्रमको आयोजना गर्ने बताए ।

छाउपडीका बारेमा सुदूरपश्चिम र मध्यम पश्चिममा मात्र नभई विश्वभर अथवा जहाँ जहाँ नेपाली जान्छन त्यही त्यही छाउपडी रहेको  र बालविवाहको अर्को मुख्य कारण महिनावारी रहेको सामाजिक अभियन्ता राधा पौडेले बताइन । महिनावारीको समयमा सबैभन्दा बढी समस्या अपाङग भएका महिलाहरुलाई हुने गरेको र सरकारी कार्यालयहरुमा खास गरी अपाङ्गमैत्री शौचालयको राम्रो नहुदा पनि समस्या हुने गरेको राष्ट्रिय अपाङ्ग महासंघका उपाध्यक्ष टिका दहालले बताइन ।