Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

१२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय:सरकार

Tuesday, May 23, 2017 National Power

९ जेठ, काठमाडौं –  १२ वटा जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय सरकारले गरेको छ । यो सँगै स्थानीय तहको संख्या ७ सय ६६ पुगेको छ । यसैगरी २४ गाउँपालिका नगरपालिकामा परिणत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको संख्या पुनरावलोकन गर्न गठित कार्यदलको सुझावका आधारमा उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

उपप्रधानमन्त्री एवम् स्थानीय विकास तथा सङ्घीय मामिला मन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गठित कार्यदलको सुझावका आधारमा सरकारले विराटनगर र वीरगन्ज उपमहानगरलाई स्तरोन्नति गरी महानगरपालिका बनाउने निर्णयसमेत गरेको उनले बताए ।

यो निर्णयसँगै महानगरपालिकाको संख्या ६ पुगेको छ । पहिला काठमाडौँ मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुर्नसंरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगरपालिका भएका थिए ।

बैठकले सुनसरीमा दुई, सप्तरीमा एक, धनुषामा एक, सर्लाहीमा तीन, रौतहटमा दुई, पर्सामा एक, बारामा एक, नवलपरासीमा तीन, रुपन्देहीमा तीन, कपिलवस्तुमा तीन, कैलालीमा एक र बाँकेमा एक स्थानीय तह थपिएको छ ।

यसैगरी झापामा दुई नगरपालिका थपिएको छ भने सिरहामा एक, रौतहटमा ११, धनुषामा एक, बारामा एक, रुपन्देहीमा दुई, बाँकेमा दुई, कैलालीमा एक र महोत्तरीमा तीन नगरपालिका थपिएका छन् ।