Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

चर्चित फेशन डिजाइनर काजल शर्मा युरोपमा सम्मानित

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौँ – चर्चित  फेशन डिजाइनर काजल युरोपमा सम्मानित भएकी छिन l एन आर एन एबेल्जियम तथा जन सम्पर्क समिति बेल्जियमले काजल क्रियसनकि संचालिका चर्चित फेशनडिजाइनर काजल शर्मालाइ सम्मान गरेको हो l

एन आर एन ए बेल्जियमका सस्थापक अधक्ष्यरबिन्द्र मान श्रेष्ठ, एन आर एन ए बेल्जियमका अधक्ष्य गंगाधर गौतम, एन आर एन ए एन सी सीबेल्जियमकि महिला संयोजक सपिला राजभण्डारी, एन आर एन ए एन सी सी बेल्जियमकिमहिला सह संयोजक रजनी प्रधान, आइ सी सी सदस्य जानकी गुरुङ, जन सम्पर्क समितिबेल्जियमकि अधक्ष्य सिता सापकोटा, कलाकार संघ बेल्जियमकि अधक्ष्य पार्वती अधिकारि, मिराडंगोल गुरुङ, योगिता थापा, सरस्वति महर्जन लगायतका अन्य बेल्जियम बासीले चर्चित फेशनडिजाइनर काजल शर्मालाइ सम्मान पत्र सहित उनले फेशन संसारमा पुर्याएको योगदान तथायुरोपमा समेत नेपाली फेशनलाइ चिनाउने काम गरेर अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउने कामगरे स्वरुप उनलाई कदर गरेको थियो l

अहिले काजल क्रियसन बुटिकले नेपाल देखि युरोप सम्मआफ्नो संजाल फैलाउदै गएको छ l छोटो समयमा नै फेशनको संसारमा आफ्नो छुट्टै पहिचानबनाएर फेशन प्रेमीहरुको मन जित्न सफल काजल क्रियसन सेलेब्रेटि देखि सर्ब साधारणहरुकोरोजाइमा पर्न सफल भएको छ l

विभिन्न चलचित्र देखि म्युजिक भिडियो तथा सेलेब्रेटि नायकनायिका, राजनीतिकर्मी, ब्यबसायी देखि सर्ब साधारणहरुको समेत ड्रेस डिजाइन गरेर ख्यातिकमाएको काजल क्रियसनले अहिले युरोपको विभिन्न शहरमा समेत आफ्नो उत्पादन तथाकलालाई बिस्तार गरेको छ l

फेशन सम्बन्धि आफ्नो काम तथा नेपाली फेशनलाइ बिस्व सामुकसरि चिनाउन सकिन्छ, नेपाली उत्पादन ढाका बाट बनेका कपडा तथा ढाका बाट तयार भएकाड्रेसहरुलाई अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्न लागि परेकी काजल क्रियसनकि म्यानेजिङ डाइरेक्टरचर्चित फेशन डिजाइनर काजल शर्माले बेल्जियममा गएर त्यहा भएका नेपाली दिदि बहिनिहरुलाईसमेत आफ्नो काम अनि काजल क्रियसनले नेपाली फेशन दुनियामा पुर्याएको योगदान तथा ड्रेसडिजाइन सम्बन्धि जानकारी गराइएकि छिन l

एक महिना लामो आफ्नो ब्यबसायिक भ्रमणमाकाजलले युरोप निबासी दिदि बहिनीहरुलाई आफ्ना उत्पादन, डिजाइन तथा विश्वमा चलि रहेकोफेशन ट्रेन्ड सम्बन्धि जानकारी गराएकी थिइन l काजल भन्छिन युरोपमा समेत नेपाली ड्रेसडिजाइनको माग राम्रो भएको हुदा हामीले आफ्नो देशको उत्पादनलाई बिस्व बजार सामु लान सकेसबैलाई फाइदा मुलक हुने तथा नेपाली बजारले अन्तराष्ट्रिय बजारमा ख्याति कमाउदै नेपालकोनाम पनि हुने बताउछिन l