Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

जेठ १५मै पूर्ण आकारको बजेट – मन्त्री महरा

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौँ – अर्थमन्त्री कृष्णबहादुर महराले आगामी जेठ १५ मा नै पूर्ण आकारको बजेट आउने बताएका छन् । आज काठमाडौँ आर्थिक पत्रकार समाज (सेजन) संगको छलफलमा मन्त्री महराले आगामी जेठ १५ गते नयाँ कार्यक्रम विना पुर्ण आकारको बजेट आउने बताएका हुन् ।

अहिले निर्वाचन आचरसंहिताको समय भएतापनि सरकारले बजेट ल्याउन लागेको हो । यसको लागि निर्वाचन आयोगसंग स्वीकृति लिइसकेको पनि मन्त्री महराले बताए ।

आगामी वर्षदेखि संविधान कार्यान्वयन हुने भएकाले स्थानीय तहमा वित्तीय हस्तान्तरण, प्रदेश र केन्द्रको निर्वाचनका अतिरिक्त पुनर्निर्माणलाई तिव्रता र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन हुने उनले स्पष्ट पारे । उनले चालु आवमा पुँजीगत खर्च ८४ प्रतिशत हुने जानकारी दिए ।

निजी लगानी बढाउने, पुनर्निर्माणमा तिव्रता र पुँजीगत खर्च बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ । यो वर्ष पुनर्निर्माणमा ७५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेपनि पुनर्निर्माण प्राधिकरणले १० प्रतिशत पनि खर्च गर्न नसक्दा पुँजीगत खर्चमा कमी देखिएको उनको भनाइ छ । कुल पुँजीगत बजेटको २६ प्रतिशत पुनर्निर्माणमा भएको सुवेदी बताउँछन् । उनले आगामी वर्ष विद्युत प्रसारणलाइनमा ठूलो रकम विनियोजन हुने जानकारी दिए ।