Tuesday 18th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

जेठ १५मै पूर्ण आकारको बजेट – मन्त्री महरा

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौँ – अर्थमन्त्री कृष्णबहादुर महराले आगामी जेठ १५ मा नै पूर्ण आकारको बजेट आउने बताएका छन् । आज काठमाडौँ आर्थिक पत्रकार समाज (सेजन) संगको छलफलमा मन्त्री महराले आगामी जेठ १५ गते नयाँ कार्यक्रम विना पुर्ण आकारको बजेट आउने बताएका हुन् ।

अहिले निर्वाचन आचरसंहिताको समय भएतापनि सरकारले बजेट ल्याउन लागेको हो । यसको लागि निर्वाचन आयोगसंग स्वीकृति लिइसकेको पनि मन्त्री महराले बताए ।

आगामी वर्षदेखि संविधान कार्यान्वयन हुने भएकाले स्थानीय तहमा वित्तीय हस्तान्तरण, प्रदेश र केन्द्रको निर्वाचनका अतिरिक्त पुनर्निर्माणलाई तिव्रता र राष्ट्रिय गौरवका आयोजनालाई पर्याप्त बजेट विनियोजन हुने उनले स्पष्ट पारे । उनले चालु आवमा पुँजीगत खर्च ८४ प्रतिशत हुने जानकारी दिए ।

निजी लगानी बढाउने, पुनर्निर्माणमा तिव्रता र पुँजीगत खर्च बढाउनुपर्ने चुनौती रहेको उनको भनाइ छ । यो वर्ष पुनर्निर्माणमा ७५ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेपनि पुनर्निर्माण प्राधिकरणले १० प्रतिशत पनि खर्च गर्न नसक्दा पुँजीगत खर्चमा कमी देखिएको उनको भनाइ छ । कुल पुँजीगत बजेटको २६ प्रतिशत पुनर्निर्माणमा भएको सुवेदी बताउँछन् । उनले आगामी वर्ष विद्युत प्रसारणलाइनमा ठूलो रकम विनियोजन हुने जानकारी दिए ।