Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

राप्रपाको निष्कर्ष – पहिलोमा यस्तै भयो, अब दोश्रो चरणको चुनावमा ध्यान केन्द्रित गरौँ 

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौँ – पहिलो चरणमा नील हुनबाट जोगिएको राप्रपाले चुनावी नतिजाबाट चिन्तित हुन नपर्ने बताएको छ । राप्रपाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न संगठनको प्रभाव विस्तार गर्न सक्षम भएको समेत निश्कर्ष निकालेको जनाएको छ ।

त्यस्तै राप्रपाले गत चुनावको अनुभवबाट पाठ सिक्दै कमि कमजोरीलाई सुधार गरी दोश्रो चरणको निर्वाचनमा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरुलाई बैठक आब्हान गरेको छ ।

बैठकपछि प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा बैशाख २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेको उल्लेख छ ।
त्यस्तै राप्रपाले चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई नै दिएको जनाएको छ । त्यसका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरु जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुन निर्देशन दिएको छ ।