Saturday 8th February 2025

    जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानी’ रिलिज    जोशीको रिहाइका लागि राजदूतले गरे इजरायली राष्ट्रपतिसंग आग्रह    भाइरल बन्दै रमेश श्रेष्ठ ‘मेलोडी’ को नयाँ गीत ‘मोटर गाडी’!    “ओई माया ओई” सार्वजनिक    ‘चेम्बर एक्स्पोले नेपाली उत्पादन तथा सेवाको विश्वव्यापी प्रचार–प्रसारमा महत्वपूर्ण भूमिका खेलेको छ ‘ : उद्योग मन्त्री भण्डारी

राप्रपाको निष्कर्ष – पहिलोमा यस्तै भयो, अब दोश्रो चरणको चुनावमा ध्यान केन्द्रित गरौँ 

Monday, May 22, 2017 National Power

८ जेठ, काठमाडौँ – पहिलो चरणमा नील हुनबाट जोगिएको राप्रपाले चुनावी नतिजाबाट चिन्तित हुन नपर्ने बताएको छ । राप्रपाले आज जारी गरेको विज्ञप्तिमा निर्वाचनको माध्यमबाट पार्टीको एजेण्डा र अडानप्रति आमजनतामा चेतनाको अभिवृद्धि गर्न संगठनको प्रभाव विस्तार गर्न सक्षम भएको समेत निश्कर्ष निकालेको जनाएको छ ।

त्यस्तै राप्रपाले गत चुनावको अनुभवबाट पाठ सिक्दै कमि कमजोरीलाई सुधार गरी दोश्रो चरणको निर्वाचनमा उच्च मनोबलका साथ तयारीमा जुट्न पार्टीका सवै तहका निकाय र कार्यकर्ताहरुलाई बैठक आब्हान गरेको छ ।

बैठकपछि प्रवक्ता भुवन पाठकले जारी गरेको विज्ञप्तिमा दोश्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा बैशाख २१ गतेभित्र जिल्ला स्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेको उल्लेख छ ।
त्यस्तै राप्रपाले चुनावलाई दृष्टिगत गर्दै विभिन्न दलहरुसँग तालमेल गर्ने जिम्मेवारी जिल्ला कार्य समितिलाई नै दिएको जनाएको छ । त्यसका लागि पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यहरु जेठ १५ देखि चुनाव नसकिएसम्म अनिवार्य रुपले जिल्लामा रहेर क्रियाशिल हुन निर्देशन दिएको छ ।