Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्ने

Monday, May 22, 2017 National Power

८ जेठ,  काठमाडौं  –  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४र७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिले सोमबार दिउँसो १ बजे संसद्को अधिवेशन आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्दैछ ।