Wednesday 10th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्ने

Monday, May 22, 2017 National Power

८ जेठ,  काठमाडौं  –  राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार आर्थिक वर्ष ०७४र७५ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने भएकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँग छलफल गर्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिले सोमबार दिउँसो १ बजे संसद्को अधिवेशन आह्वान गरिसकेकी छन् । राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले १५ जेठमा बजेट प्रस्तुत गर्दैछ ।