७ जेठ, चितवन – चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेका नारायण वन विजयी भएका छन । उनले १४ हजार ६ सय ८० मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सउ ५७ मत ल्याए।
रत्ननगर नगरपालिकाको उपमेयरमा एमालेकै बिमला दुवाडी १४ हजार ४ सय ८१ मतसहित विजयी भएकी हुन । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका निता ढकालले १२ हजार ६ सय ९३ मत ल्याए।
१६ वडा भएको रत्ननगरमा १० वटा वडामा एमाले र ६ वटामा कांग्रेसले जितेको छ ।