Monday 17th February 2025

    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु

नवनिर्वाचित गापा अध्यक्ष सहित ७ जना माथि एमालेकाे सांघातिक हमला

Sunday, May 21, 2017 National Power

७ जेठ, धादिङ्ग – ज्वालामखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनाेद तिमल्सिना लगाएत नपाली काँग्रेसका कार्यकर्ताहरू माथि नेकपा एमालले गएराती सांघातिक हमला गरेकाे छ । हमालामा तिमल्सिना सहित ७ जना घाइते भएका छन् भने एक जनाकाे अवस्था गम्भिर रहेकाे नेपाली काँग्रेस धादिङ्गले जनाएकाे छ ।

अध्यक्षमा निर्वाचित भएपछि अायाेजना गरिएकाे विजय जुलुसमा सहभागी भएर फर्किने क्रममा मैदीमा विजुलीकाे ट्रान्सफर्मर बन्द गरी अाक्रमण गरेकाे काँग्रेसले जनाएकाे छ । अाक्रमणमा परी गम्भिर घाइते भएका नरेन्द्र भट्ट र दामाेदर भट्टकाे अवस्था गम्भिर रहेकाे र उनीहरूकाे काठमाडाैँमा उपचार भइरहेकाे छ ।

ज्वालामुखी गाउँपालिकाकाे अध्यक्षमा तिमल्सिनाले एमालेका उम्मेद्वार रामप्रसाद अधिकारीलाइ २४ मतले पराजित गरेका थिए ।