Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

बस दुर्घटना हुँदा गर्भवतीसहित दुई जनाको मृत्यु, २० जना घाइते

Saturday, May 20, 2017 National Power

६ जेठ, बारा – बाराको हेटौडा–पथलैया सडकको आदाभार जंगलमा बस दुर्घटना हुँदा गर्भवतीसहित दुई जनाको ज्यान गएको छ । २० जना घाइते भएका छन् ।

त्यस्तै काठमाडौंबाट जनकपुरका लागि छुटेको ना ७ ख १६४१ नम्बरको बस आज बिहान ५ बजेतिर पल्टिएको इलाका प्रहरी कार्यालय सीमराले जनाएको छ ।

दुर्घटनामा ज्यान जानेमा धनुषाको रामपट्टी सिर्सियाकी २५ वर्षकी किरण साह र महोत्तरीको रतौली–६ का बल्ला यादव रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइतको विरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र विरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ । ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्रणमा लिइएको छ ।