Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

सप्तरीको इलाका प्रशासन कार्यालयमा कुकर बम बिष्फोट

Saturday, May 20, 2017 National Power

६ जेठ, सप्तरी – जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित इलाका प्रशासन कार्यालयमा बम बिष्फोट गराएको छ । गए राति गराइएको कुकर बम बिष्फोटबाट कुनै क्षति भएको छैन ।

गए राति १२ बजेतिर कार्यालयको भुइँतल्लामा बिष्फोट भएको प्रहरीले जनाएको छ । बिष्फोटका कारण बाहिर राखिएको एउटा शोकेस फुटेको छ । यसबाहेक कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयकका एसपी अनुराग द्विवेदीले बताए ।

यसैबीच बिष्फोटको जिम्मेबारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले लिएका छन् । उनले बिज्ञप्ती जारी गर्दै बिष्फोटको जिम्मा लिएका हुन् ।