५ जेठ, बनेपा – एमाले अध्यक्ष केपी ओलीले नेपाली काँग्रेस प्रति व्याङग्य गर्दै उसले यति जित्नु पनि आश्चर्य भएको बताएका छन् । आज बनेपामा आयोजित एमालेको विजय ¥यालीलाइ सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट एमाालेले बहुमत ल्याउने दावी समेत गरे ।
उनले सत्तारुढ दलहहरुले सत्ताको आडमा धाक, धम्की गर्दै मतदातालाइ प्रलोभनमा पारेको, धम्क्याएको आरोप लगाउँदै एमालेले एक्लै चुनाव लडेको र जितेको दावी समेत गरे ।