Friday 12th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

विद्युत् चुहावट गर्ने नौजना पक्राउ

Friday, May 19, 2017 National Power

५ जेठ, लहान – लहानमा अङकुसे लगाई विद्युत् चुहावट गर्ने नौजनालाई बिहीबार पक्राउ गरी विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले कार्वाही गरेको छ ।

विद्युत् प्राधिकरण कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनका क्रममा विद्युतीय सामग्रीसहित पक्राउ परेका नौजनाबाट रु ६४ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको उत्तरवर्ती क्षेत्रमा रहेका नर्घी, बडहरी, पोखरभिन्डालगायत स्थानबाट नौजना पक्राउ गरेको विद्युत् प्राधिकरण लहान वितरण केन्द्रले जनाएको छ।

पक्राउ परेकाबाट खेतमा सिँचाइ गर्ने र पानी तान्ने मोटर १९, पङ्खा एक, एलइडी टिभी एक थानलगायत सामग्रीसमेत बरामद गरिएको छ।

लहान इलाकामा करिब ४०।४४ प्रतिशतभन्दा बढी विद्युत् चुहावट भइरहेकाले अनुगमनमा कडाइ गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले जनाएको छ । गतसाता पनि विद्युत् प्राधिकरण कार्यालय लहानले विद्युत् चुहाबट गर्ने १९ जनालाई पक्राउ गरी कार्वाही गरेको थियो ।