Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

नवराज सिलवालको सुनुवाई स्थगित

Thursday, May 18, 2017 National Power

४ जेठ, काठमाडौं – न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ डिआइजी नवराज सिलवालको नातेदार परेका कारण आइजिपी नियुक्ति प्रकरणको सुनुवाई स्थगित भएको जनाइएको छ ।

प्रधान न्यायाधीश सुशीला कार्कीले नवराज सिलवालको मुद्दाको सुनुवाई गर्न वृहत पूर्ण इजलास गठन गरेकी थिइन् । इजलासमा तोकिएका श्रेष्ठ सिलवालको नाता पर्ने भएको खुलेपछि इजलास स्थगित भएको स्रोतले जनाएको छ ।

वृहत पूर्ण इजलासमा ७ न्यायाधीशहरु देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।