४ जेठ, सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा एमालेका कविन्द्रकुमार केसी विजयी भएका छन। उनले ५ हजार ३ सय ५५ मत प्राप्त गरेका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्क पोखरेलले ४ हजार ६ सय ४ मत प्राप्त गरेका छन ।
यस्तै उपाध्यक्षमा एमालेकी चन्द्रकला शाहीले ५ हजार ३ सय ४१ मत प्राप्त गरी विजयी भएकी छिन । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको भीमा मल्लले ४ हजार ५ सय ७८ मत प्राप्त गरेका छन ।
सिम्ता गाउँपालिकाका ९ वडा मध्ये ६ वडामा एमाले विजयी भएको छ भने ३ वटा वडामा कांग्रेस विजयी भएको छ ।