४ जेठ, काठमाडौं – व्यवस्थापिका संसदको अधिवेशन आजबाट अन्त्य हुने भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख ओनसरी घर्तीले अधिवेशन अन्त्य भएको सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी छ ।
२०७३ सालको बैशाख २१ गते शुरु भएको यो अधिवेशन लगातर अहिलेसम्म चलिरहेको थियो भने अधिवेशन अन्त्य भएपनि तत्कालै वर्षे अधिवेशन बोलाउने सरकारको तयारी छ । सरकारले जेठ १५ गते काम चलाउन बजेट ल्याउने तयारी गरेको छ ।
आजका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधिश सुशिला कार्कीमाथिको महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढ्ला कि नबढ्ला भन्ने चासोका साथ हेरिएका बेला अधिवेशन नै स्थगित हुने भएको हो ।