Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

काभ्रेमा फोरमको जीत

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमाडौँ – विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काभ्रेको तेमाल गाउँपालिका ३ मा विजयी भएको छ। फोरमका उम्मेद्वार विष्णुबहादुर तामाङले तेमाल ३ को वडाध्यक्षमा जीत हात पारेका हुन्।

काभ्रे फोरम केन्द्रीय सदस्य गणेश लामाको गृह जिल्ला हो।

यस्तै, वडा नं ४ मा नेपाली काङ्ग्रेसका आशापुर तामाङ, वडा नं ५ मा नेपाली काङ्ग्रेसकै प्रबिण लामा वडा नं ६ मा नेपाली काङ्ग्रेस बिकुलाल लामा वडा नं ७ मा पनि काङ्ग्रेसका ज्ञानबहादुर तामाङ विजयी भएका छन्। वडा नं ८ मा भने माओवादीका लक्ष्मीबहादुर तामाङ विजयी भएका छन्।

गाउँपालिका प्रमुखमा नेपाली काङ्ग्रेसको १३२१ उपप्रमुखमा १०७३ एमालेको प्रमुखमा ९४४ र उपप्रमुखमा ९७८ र माओवादीको प्रमुखमा १३४१ र उपप्रमुखमा १२१३ मत रहेको छ।