Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दोलखाको जिरी, रसुवाको कालिका र मकवानपुरगढीमा एमाले विजयी

Wednesday, May 17, 2017 National Power

३ जेठ, काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणनामा अग्रता लिइरहेको एमालेले थप एक नगरपालिका र दुई गाउँपालिकामा जित हासिल गरेको छ । दोलखाको जिरी नगरपालिका, रसुवाको कालिका गाउँपालिका र मकवानपुरको मकवानपुरगडीमा एमाले उम्मेदवार विजयी बनेका हुन् ।

दोलखाको जिरी नगरपालिकाको मेयरमा टंक जिरेलले ३२१२ मत पाए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले १४०२ मत पाएका छन् ।

उता, रसुवाको कालिका गाउँपालिकामा एमालेकी सिता पौडेल प्रमुखमा विजयी भएकी छन् भने उनीले १४५८ मतका साथ विजयी बनेकी हुन् ।उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका साधुराम पौडेलले १२२५ मत ल्याए ।
उपप्रमुखमा एमालेकै भवानी न्यौपानेको पल्लभारी भएको छ । उनीले १७०२ मतका साथ जित दर्ता गराउन सफल भएकी हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शिला मगरले १४ सय ११ मत ल्याइन् ।

मकवानपुरको मकवानपुरगडी गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । त्यहाँ एमालेका विदुर हुमागाई जित दर्ता गराउन सफल भएका छन् ।