Wednesday 19th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

स्थानीय चुनाव जित्ने जनप्रतिनिधिले सपथ लिने बाटो खुल्यो

Tuesday, May 16, 2017 National Power

जेठ २,काठमाडौं–निर्वाचन आयोगले निर्वाचित स्थानीय तहका प्रतिनिधिको सपथ सम्बन्धमा देखिएको अन्योलताबारे निर्णय लिएको छ ।
व्यवस्थापिका संसदमा विचाराधिन रहेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नहुँदा जनप्रतिनिधिको सपथमा कानुनी अ्ड्चन देखिएपछि आयोगले निकास निकालेको हो ।

आयोगले स्थानीय तह निर्वाचन नियमावलीमा संसोधन गरी सपथलाई खुल्ला गरेको हो । स्थानीय तह निर्वाचन नियमालीमा निर्वाचित जनप्रतिनिधिको सपथ स्थानीय तहको शासन सञ्चालन ऐन अनुसार गरिने छ भन्ने उल्लेख छ । सो ऐन नबनेकाले आयोगले स्थानीय तह निर्वाचन नियमावलीको सो प्रावधानमा संसोधन गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

व्यवस्थापिका संसदमा विचाराधिन विधेयकको धारा १७ मा अध्यक्ष तथा प्रमुखले निर्वाचित भएको मितिले ७ दिन भित्र जिल्ला न्यायाधीश समक्ष सपथ लिनुपर्ने उल्लेख छ ।

त्यसैगरी उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सभाका सदस्यले १० दिन भित्र अध्यक्ष तथा प्रमुख संग सपथ लिनुपर्ने व्यवस्था छ ।