Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

आंशिक प्राध्यायकद्वारा मासिक ज्यालादारीमा नियुक्त गर्न माग

Tuesday, May 16, 2017 National Power

२ जेठ,काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा कार्यरत नेपाल आंशिक प्राध्यापक सङ्घले सङ्घ आबद्ध प्राध्यापकलाई मासिक ज्यालादारीमा नियुक्त गर्न माग गरेको छ ।

यहाँ आज पत्रकार सम्मेलन गर्दै उनीहरुले दैनिक ज्यालादारीमा काम गर्दा आफूहरु लाई जीवनयापनमा समस्या भएको जनाएका छन् । सङ्घका अध्यक्ष शशिकुमार शर्माले स्थायी र करार कर्मचारी जत्तिकै आफूहरुले पढाए पनि तलबमा विभेद गरिएको आरोप लगाउनुभयो ।

“हामीले स्थायी र करार प्राध्यापक जत्तिकै त्रिविमा सेवा दिएका छौँ”, उहाँले भन्नुभयो, ‘‘हामीलाई त्रिविले कक्षामा पढाएको पिरियडको मात्र तलब दिएको छ । त्यसले हामीलाई जीवनयापन गर्न समस्या हुन्छ । त्यसैले मासिक ज्यालामा नियुक्त गर्नुपर्छ ।’’

सङ्घका महासचिव नरेन्द्रप्रसाद भण्डारीले मासिक ज्यालादारीको माग गर्दै बिहीबारदेखि आन्दोलन गरिने बताउनुभयो ।

रत्नराज्य क्याम्पसका आंशिक प्राध्यापक घमराज लुइँटेलले एउटै विषय पढाउने एउटा प्राध्यापकको एउटा र अर्को प्राध्यापकको अर्को तलब हुनु विभेद हो भन्दै एउटै समयमा पढाउनेको समान ज्याला हुनुपर्ने बताउनुभयो ।

त्रिविले आंशिक प्राध्यापकलाई प्रति पिरियड रु २२० दिने गरेको छ । त्यसमा पनि १५ प्रतिशत कर काट्ने गरिएको छ । त्रिविमा देशभरिका एक हजार ४२० आंशिक प्राध्यापक छन् ।