Thursday 13th November 2025

    सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँ बढ्यो    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने

चार महानगरपालिकामा अहिलेसम्मको मतगणना

Tuesday, May 16, 2017 National Power

२ जेठ, काठमाडौं – पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत मतदान भएका चार महानगर पालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौं, ललिपुर, भरतपुर र पोखरा लेखनाथ नगरपालिकामा मतगणना भइरहेको हो ।

पछिल्लो मतपरिणाम अनुसार तीन महानगरपालिकामा एमालेले अग्रता लिएको छ । यसअघि एमालेले अग्रता लिएको भरतपुरमा भने अहिले माओवादीले अग्रता लिएको छ ।
काठमाडौं महानगरपालिका (मेयर)मा,एमाले–विद्यासुन्दर शाक्यः १६१साझा पार्टी–किशोर थापाः ११४कांग्रेस–राजुराज जोशीः १०१विवेकशील नेपाली–रञ्जु न्यौपानेः ७१
ललिपुर महानगरपालिका (मेयर)मा,एमाले–हरिकृष्ण व्यञ्जनकारः २१०१ कांग्रेस–जिचरीबाबु महर्जनः १५४५ माओवादी–दिनेश महर्जनः ६०७
भरतपुर महानगरपालिका(मेयर)मा,माओवादी–कांग्रेस–रेणु दाहालः४५१एमाले–देवी ज्ञावालीः ४३१
पोखरा लेखनाथ महानगरपालिका (मेयर)मा,एमाले–राम्रपाः मानबहादुर जिसी–९५१कांग्रेस–माओवादीः रामजी कुँवर–७३०