Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

प्रमुखमा अहिलेसम्मको प्राप्त नतिजाअनुसार  एमाले ४, कांग्रेस ३, माओवादी २, स्वतन्त्र १

Monday, May 15, 2017 National Power

१ जेठ, काठमाडौं – अहिलेसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले अगाडि देखिएको छ । एमालेले चार, कांग्रेसले तीन,माओवादी केन्द्र दुई, र स्वतन्त्र एक जना गाउँपालिका प्रमुखमा विजयी भएका छन् ।
एमालेका तर्फबाट डोल्पाको से फोक्सुन्डो र काइके गाउँपालिका तथा मनाङको चामे र नेस्याङ गाउँपालिका प्रमखुमा विजयी भएका छन् । काइकेमा अंगद राना, चामेमा लोकेन्द्र घले, नेस्याङमा कान्छा घले निर्वाचित भएका छन् । यसअघिनै डोल्पाको से फोक्सुण्डोमा टाँसी तुञ्दुप गुरुङ निर्विरोध विजयी हुनु भएको थियो ।
कांग्रेस अहिलेसम्म तीन वटा गाउँपालिका प्रमुखमा विजयी भएको छ । मनाङको नारफु गाउँपालिकामा कांग्रेसका मिङमानर छिरिङ लामा यसअघिनै निर्विरोध निर्वाचित भएका छन्। मुस्ताङको लोमान्थाङ गाउँपालिकामा कांग्रेसका सुवर्णकुमार विष्ट विजयी भएको छ । यसैगरी बाग्लुङको तमानखोला गाउँपालिका प्रमुखमा कांग्रेसका जोकलाल बुढा विजयी भएका छन्
माओवादी केन्द्र दुईवटा गाउँपालिकामा वियजी भएको छ । जुम्लाको गोठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । डोलपाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्र विजय भएको छ । माओवादी केन्द्रका नरसिंह रोकाया विजयी भएका छन् ।
त्यसैगरी मुस्ताङको दालोमे गाउँपालिकाको प्रमखुमा स्वतन्त्रका उम्मेद्वार राजु बिष्ट बिजयी भएका छन् । बिष्टले कांग्रेसका तेन्जिङ छिरिङ गुरुङ भन्दा दोब्बर बढि मत ल्याएर विजयी भएका छन् । उनले कांग्रेसबाट टिकट नपाएपछि बागीबाट उठेका थिए ।