Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

एमाले कार्यकर्ताको हत्या

Monday, May 15, 2017 National Power

१ जेठ, धादिङ –  दक्षिण धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभञ्ज्याङमा गए राति एमाले कार्यकर्ताको हत्या भएको छ। बन्दै गरेको झ्यालढोका नहालिएको घरमा गए राति ३० वर्षीय लक्ष्मण चेपाङको हत्या भएको प्रहरीले जनाएको छ। हत्या गरी त्रिपाल र जस्तापाताले छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ। स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लत्पतिएको अवस्थामा भेटिएको छ। सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको स्थानीयले बताए।