Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विप्लव नेतृत्वका कार्यकर्ता बिच झडप हुँदा,प्रहरीको गोली लागेर वडाध्यक्षका उमेदवारको मृत्यु

Monday, May 15, 2017 National Power

१ जेठ, कालिकोट – कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ६ का उमेदवार धनरुप बटालाको प्रहरीको गोली लागेर मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सुर्खेत ल्याइएको छ । विप्लव माओवादीसँगको झडपका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको थियो ।

मतदान सकेर मतपेटीका बोकेर जिल्लातर्फ आउँदै गरेको टोलीमाथी आक्रमण गरी मतपेटिका जलाएपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका बटालाको गए राति मृत्यु भएको मध्यपश्चिम क्षेत्रीय प्रहरीले बताएको छ ।

आइतबार साँझ ५ बजे मतदान सकेर मतपेटिका बोकेर सदरमुकाम मान्मातर्फ आउँदै गरेका बेला विप्लव नेतृत्वको माओबादी कार्यकर्ताले मतपेटिका खोसेर जलाएपछि दोहोरो झडप भएको थियो । विप्लपका कार्यकर्र्ताले दिउँसो पनि मतदान केन्द्र नजिकै बम बिष्फोट गराउन खोजेका थिए ।