Sunday 10th May 2026

    राष्ट्रपति भवनमा भव्य समारोह : वाग्ले र अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’ प्रदान    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक

जुम्लाको चन्दननाथ नगरपालिकामा मतगणना सुरु,कांग्रेस अगाडि

Monday, May 15, 2017 National Power

१ जेठ, जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका तथा पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको जनाइएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।
मतगणनामा नेपाली कांग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार कान्तिका सेजुवालले १०० तथा उपप्रमुख जगतबहादुर खत्रीले ८३, नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले २७ तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले २४ र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले ७२ तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यौपानेले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिए ।
जुम्ला जिल्लाका तीन गाउँपालिकाको मतपरिणामा सञ्चार सम्पर्क हुन सकेको छैन । तिला, गोठिचौर, सिंजा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।