Sunday 14th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

लमजुङमा शान्तपूर्ण वातावरणमा मतदान सम्पन्न

Sunday, May 14, 2017 National Power

३१ बैशाख, लमजुङ – करिब २ दशकपछि भएको स्थानीय तहको निर्वाचनमा लमजुङमा शान्तपूर्ण वातावरणमा सम्पन्न भएको छ। आफ्नो जनप्रतिनिधि आफै चुन्न पाउने भएपछि मतदाताहरु निकै उत्साहित भएर मतदान गरेका थिए। लमजुङमा ७५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । ८ वटा स्थानीय तह रहेको लमजुङमा १ सय ५५ मतदान केन्द्र रहेको छ। सबै मतदानकेन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । क्रियापुत्रीले समेत मतदान गरेका छन्। लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ अन्तर्गत लक्ष्मी नारायण मावि अर्चलबोटको मतदान केन्द्रबाट ५७ वर्षीय गोपाल लामिछाने, उनका माहिला भाइ ५५ वर्षीय एकराज लामिछाने, गोपालका श्रीमती शोभा लामिछाने र कान्छा भाइबुहारी शान्ता लामिछाने मतदान केन्द्रमा आई आइतबार दिउँसो मतदान गरेका हुन्।