Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

डोल्पाका दुई मतदान केन्द्र सम्पर्कबिहीन, रसुवामा सञ्चार समस्यामा सुधार

Sunday, May 14, 2017 National Power

३१ वैशाख, डोल्पा /रसुवा – उपल्लो डोल्पाका दुई मतदान केन्द्र अहिलेसम्म सम्पर्कमा आउन सकेको छैन । छार्काताङसोङ गाउँपालिकास्थित धेराङ र कागकोट मतदान केन्द्रमा सञ्चार समस्याका कारण अहिलेसम्म फोन सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । त्यस स्थानबाहेक उपल्लो अन्य मतदान केन्द्रमा धमाधम मतदान भइरहेको कार्यलयले जनाएको छ ।
त्यसैगरी  रसुवामा अहिलेसम्म ७५ प्रतिशत मतदान भएको छ । दुईदिनदेखि सञ्चारमा आएको गडबडीले सम्पर्कबिहीन भएको लाङटाङको मुन्डु मतदान केन्द्रमा आइतबार दिउँसो सम्पर्क भएको र त्यहाँ ७७ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले जानकारी दिए ।मौसमले साथ दिएमा मतदान सकिएपछि मुन्डु मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमा सदरमुकाम धुन्चे ल्याइने छ । यहाँ कुल ३४ मतदानस्थलमा ४२ मतदान केन्द्र छन् ।
जिल्लाका पाँच गाउँपालिकामा २७ हजार आठ सय ५४ मतदाता छन् ।  शान्तिसुरक्षाको अवस्था मजबुत रहेको र उत्साहपूर्वक मतदान भइरहेको उप्रेतीले बताए ।