Tuesday 21st September 2021

    ‘अनलाइन एक्टिङ कम्पिटिसन’ को विजेता बने मनिष पाण्डे    रोमन परियार र रिया नापितलाई ‘मिस्टर एण्ड मिस ग्ल्यामर’को ताज    गायक सुनिल थापा मगरको मर्मस्पर्शी गीत 'निर हो' सार्वजनिक    ‘मिस्टर एण्ड मिस टिन ग्ल्याम नेपाल २०२१’ को उपाधी सुमन तामाङ र निर्जला रजकले जिते    चिज कुमार श्रेष्ठको अभिनयमा जे बि बिष्टको सन्देशमुलक गीत सार्वजनिक

भक्तपुरमा नवलपरासीको मतपत्र पुग्यो

Sunday, May 14, 2017 National Power

३१ बैशाख, काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिकाको एक मतदान केन्द्रमा नवलपरासीको मतपत्र पुगेको भेटिएको छ । मतदान सुरु भएको केही घन्टापछि मात्र भक्तपुरमा नवलपरासीको मतपत्र पुगेको खुलेको हो ।

नागरकोट गाविस भवन मतदान केन्द्रमा पुगेको मतपत्रमा नेपाल मजदुर किसान पार्टीको चुनाव चिहृन मादल नै भेटिएन । २२ जना मतदाताले मतदान गरेपछि एक मतदाताले मादल चुनाव चिहृन नभएको जानकारी गराएको वडा नम्बर ६ का नेमकिपाका उम्मेदवारले जानकारी दिए ।यो मतपत्रहरु मतदान अधिकृतले पोको पारी राखेका छन् । नेमकिपाले घटनाको छानविन गर्न माग गरेको छ ।