Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

पुनःकांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट

Sunday, May 14, 2017 National Power

३१ बैशाख, दोलखा – दोलखामा पुनः कांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट भएको छ । दोलखाको तामाकोशी गाउँपालिका, भुसाभेदा, आलमपुर र क्रिनिटमा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको हो ।

तामाकोशीमा कुटाकुट भइरहेको बेला एकजनालाई छुरा हानेर घाइते बनाइएको जानकारी छ । घाइतेको उपचार भइरहेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले कुटाकुट हुँदा घाइते भएको र घाइतेको उपचार हुँदै गरेको बताए ।

बिबु गाउँपालिकामा पनि कांग्रेस एमाले कार्यकर्ताबीच तनाब सिर्जना भएको छ । विभिन्न ठाउँमा ढुंगामुढा लागेर घाइते भएका छन् । तनाबका कारण स्थगित भएका सबै ठाउँमा मतदान जारी रहेको जानकारी छ ।

तर, एमाले कार्यकर्ताहरुले चाहिँ कांग्रेसले बुथ क्याप्चर गरेको कारणले आफूहरु बुथ छोडेको बताइरहेका छन् ।