Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पुनःकांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट

Sunday, May 14, 2017 National Power

३१ बैशाख, दोलखा – दोलखामा पुनः कांग्रेस र एमाले कार्यकर्ताबीच कुटाकुट भएको छ । दोलखाको तामाकोशी गाउँपालिका, भुसाभेदा, आलमपुर र क्रिनिटमा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको हो ।

तामाकोशीमा कुटाकुट भइरहेको बेला एकजनालाई छुरा हानेर घाइते बनाइएको जानकारी छ । घाइतेको उपचार भइरहेको छ । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले कुटाकुट हुँदा घाइते भएको र घाइतेको उपचार हुँदै गरेको बताए ।

बिबु गाउँपालिकामा पनि कांग्रेस एमाले कार्यकर्ताबीच तनाब सिर्जना भएको छ । विभिन्न ठाउँमा ढुंगामुढा लागेर घाइते भएका छन् । तनाबका कारण स्थगित भएका सबै ठाउँमा मतदान जारी रहेको जानकारी छ ।

तर, एमाले कार्यकर्ताहरुले चाहिँ कांग्रेसले बुथ क्याप्चर गरेको कारणले आफूहरु बुथ छोडेको बताइरहेका छन् ।